के तपाईं को घर बनाउदा लेबर ले राम्रो सग मसला फिट्छन ?? के हात ले घोलेको मसला ले टाइ बिम्, पिल्लर सुरक्षित हुन्छ ??

के तपाईं को घर बनाउदा लेबर ले राम्रो सग मसला फिट्छन ?? के हात ले घोलेको मसला ले टाइ बिम्, पिल्लर सुरक्षित हुन्छ ?? जहाँ पाए तेही मसला फिट्दा हुने wastage ले हैरान हुनुहुन्छ ? ?पोर्टेबल मिक्सचर को प्रयोग गर्नुहोस र एस्ता समस्या बाट छुट्कारा पाउनुहोस । । ।हामी सबैले घर को स्ल्याब ढलान गर्दा ठुलो mixture machine प्रयोग गरेको त देखेकै छौ । तर सानो ढलान जस्तै टाइ बिम्,पिल्लर्,पानी ट्यान्की आदी को लागी हात ले घोलेको मसला मा नै भर पर्ने गर्छौ । यो पक्कै पनि safe practice हुँदै होईन । structure को main part पिलर र टाइ बिम नै हो । सो कारण एस्लाई पनि उत्तिकै महत्तो का साथ लिनु पर्छ । अब एस्को समाधान portable mixture को कुरा गरौ ।

यो पोर्टेबल मिक्सचर M20 grade standard concrete बनाउन को लागी प्रयोग गरिन्छ । M20 grade concrete भन्नाले (सिमेन्ट:बालुवा:गिट्टी १:१.५:३ ) रेसियो मा मिसाइएको मसला हो । पोर्टेबल भन्ना साथ यो एक दुइ जना मनिस ले सजिलै सग सार्न मिल्ने हुन्छ । हामी यो मिक्सचर को प्रयोग ले Hand mix free घर निर्माण गर्न सक्छौ । जहाँ जहाँ concrete प्रयोग गर्नु पर्ने हुन्छ,सोही ठाउँ मा यो मेसिन लगेर on-site प्रयोग गर्न सकिन्छ । यो मिक्सचर को प्रयोग ले concrete mix गर्दा सिमेन्ट को झोल बग्ने, मसला बनाउने (घोल्ने) ठाउँमा मसला टासिने,जमिनमा घोल्दा माटो आउने , गिट्टी बालुवा सिमेन्ट राम्रो सग मिक्स नहुने, मिक्स मा पानी को मात्रा नमिल्ने जस्ता समस्या को समाधान मात्र नभै मिक्स मा एकरुप्ता आउने हुँदा घर बलियो हुने तथा zero wastage हुन्छ । सो कारण घर बनाउदै हुनुहुन्छ भने आफ्नो contractor ले यो मेसिन प्रयोग गर्छ कि गर्दैन पहिले बुझेर मात्र सम्झौता गर्नु होला र यो मेसिन को प्रयोग अनिवार्य रुप मा प्रयोग गर्न लगाउनुहोला । एसो गर्दा तपाईंको घर त पक्कै पनि बलियो बन्छ नै साथ साथै contractor को पनि मसला बनाउने लेबर कस्ट जोगिने हुँदा दुबै पक्ष लाई फाइदा जनक हुन्छ ।
तस्बिर मा हामीले घर बनाउदा प्रयोग गर्ने portable mixture र प्रयोग गर्ने तरिका ।

Recent Post

Share on Google+

SUBSCRIBE US

CONNECT WITH US

Copyright ©SapanaKoGhar, 2021
Developed by: Creatu Developers