काठमाडौं मा अहिले २.५ तला घर बनाउन कती खर्च लाग्छ ? ?

काठमाडौं मा अहिले  २.५ तला घर बनाउन कती खर्च लाग्छ ? ? -
हाम्रो कन्स्ट्रकट्सन म्यानेजर तथा ईन्जिनियर हरुको समुहिक प्रयास मा हामीले यो सामग्री तयार पारेक छौ । ४ आना, लमबाइ/चौडाइ मिलेको जग्गा मा समान्य आवास क्षेत्र मा कुल २४०० बर्ग फिट  को  (२'५ तला) घर बनाउन सकिन्छ । १:२:३ को मसाला प्रयोग गर्दा लाग्ने सामान को औसत मात्र एस्तो हुन आउछ
गिट्टि २,५०० क्यु फिट रु १२० को दर ले रु ३,००,०००
 बालुवा – ४,५०० क्यु फिट रु १२५ को दर ले ५,६२,५००
 सिमेन्ट – १,३०० बोरा रु १,००० का दर ले रु १३,००,०००
 डन्डि- १२ टन रु ९२ का दर ले रु ११,०४,०००
 इट्टा- ५५,००० पिस रु १६ का दर ले  रु ८,८०,०००
 लेबर सुल्क – १२,५०,०००
 एती सम्म खर्च गर्दा(रु ५३,९६,५००) हाम्रो घर को प्लास्टार सम्मको कार्य सम्पन्न हुन्छ ।
 अब आउछ घर को फिनिशिङ को लागत ।
 बिजुली फिट्टिङ्स तथा टेकनिसियन - रु ३,००,००० ,
सेनिटरी  फिट्टिङ्स – रु २,५०,००० ,
रङ रोगन तथा ज्याल - रु ४,००,०००  , 
बाथ रुम - प्रती बाथ रुम रु ९०,००० चार वटा को ३,६०,०००  , 
स्टिल रेलिङ्ग - रु १,००,००० , 
   किचन मोडुलर - रु ३,५०,००० , 
बैठक कोठा तथा भर्र्याङ मा पार्केट्,तथा फल्स सिलिङ्- रु ३,००,००० 
,कम्पौन्ड गेट तथा बहिरी फ्लोरइङ्- रु २,५०,००० ,
झ्याल यु पि वि सि को  रु  ४,५०,००० ,\
ढोका साल को चौकोस र ल्यमिनेटेड पल्ला को रु ३,००,००० ,
अन्य छुट्पुट खर्च रु २,००,००० जम्मा  रु ३२,५०,०००
 एती सम्म को कार्य सम्पन्न गरेर घर बनाउदा कुल लागत ८६,५०,००० पर्न आउने हुन्छ ।एस्को अर्थ ४ आन मा २४०० बर्ग फिट को घर बनौने सोच मा हुन्हुन्छ भने ८५-९० लाख को तयारी गरेर सुरु गर्दा उपयुक्त हुन्छ । भिरालो,गहिरो जग्गा मा घर बनाउदा अझ लागत मुल्य बृद्धी हुन आउछ । यसरी हेर्दा ४ आना मा राम्रो सामान प्रयोग गरेर नियम अनुसार भूकम्प प्रतिरोधी बनेको घर को प्रती बर्ग फिट घर को मुल्य रु ३५००-३७०० सम्म पर्न आउछ ।

Recent Post

Share on Google+

SUBSCRIBE US

CONNECT WITH US

Copyright ©SapanaKoGhar, 2019
Developed by: Creatu Developers