घर बनाउने कुरा
कम झ्न्झटिलो हुँदै होईन ।तपाईं सग समय छ र आफै खटेर घर बनाउने तयारी मा हुनुहुन्छ
भने समय निकालेर पढ्नुहोला ।
हाम्रो अनुभव को आधार मा हामीले आम मानिस ले घर बनाउन लाग्दा देखा पर्ने समस्या हरु र तेस्को
उपाय हरु समेट्ने कोसिस गरेका छौ ।
सुरुमात सोझा मानिस हरु जग्गा किन्दा नै ठगिने गरेका
छन । राजकुलो,गोरेटो बाटो ,खोला को वर पर को जग्गा, high tension रहेको ठाउँ को जग्गा,
शहरी बिकास ले भविस्य मा बढ्न सक्ने गरी तोकेको बाटो को मापदण्द , सदियार सग को किचलो
आधी ख्याल नै नगरि चलन चल्ती को मुल्य भन्दा केहि सस्तो मा जग्गा पाइयो भन्ने प्रलोभन मा परेर जग्गा लिदा लाखौ
को लगनी धराप मा पर्ने गरेको छ । अझ दुख को कुरा त जग्गा धनी ले तेती बेला मात्र आफु
डुबेको चाल पाउछन जब उनिहरु घर बनाउन नक्सा कोर्न प्रबिधिक को मा जान्छन । तेसैले जग्गा
लिनु अघी कम्ती मा ट्रेस नक्सा को सक्कल झिकाएर नगरपालिका को अमिन सग बाटो बढ्ने नबढ्ने,माथि
उल्लेखित अरु कुनै समस्या रहेको नरहेको र घर बनाउद कती जमिन बाटो मा जान्छ या जादैन
राम्रो सग बुज्नु पर्छ अथवा अनुभवी प्रबिधिक को परामर्शा लिनु पर्छ ।यती गर्दा कम्ती
मा तपाईंको लगानी सुरक्षित हुन्छ ।
अर्को
समस्या भनेको नक्सा का बनाउने भन्ने
कुरा मा मानिस हरु
समस्या मा पर्ने गरेका
छन । बजार मा
३,४ आना मा
साढे दुइ तला घर
बनाउन १५ हजार देखी
२ लाख सम्ममा घर
को नक्सा बनाउने कन्सल्ट्यान्ट भेटिन्छन । अज नगरपालिका
करार का सरकारी ईन्जिनियर
हरुका चोक चोक मा
भेटिने तेस्ता पसल हरुले मानिस
मा ठुलो भ्रम पैदा
गर्दछन । घर समबन्धी
ज्ञान नभएका सिकारु ओबर सियर्, ईन्जिनियर
पढ्दै गरेका विद्यार्थी राखेर सस्तो मा नक्सा बनाउने
गरेको भेटिन्छ । तेस्ता ठाउँ
मा आफ्नै कन्सल्ट्यान्ट बाट नक्सा बनाएपछी
सजिलै सग पास गर्दिने
प्रलोभन दिने गर्द्छन ।
मानिस हरु सरकारी काम
मा सजिलो हुन्छ भने किन नगर्ने
भन्ने सोच मा पुगेर
तेस्ता ठाउँ मा जने
गरेका पनि छन ।
तर गर्दै जादा नक्सा भनेको
जस्तो नबन्दा,डिजाइन नबन्दा नक्सा पास सके पछी पनि
फेरी नक्सा बनाउन , मिलाउन मानिस हरु राम्रो ठाउँ
खोज्ने गर्दछन ।तसर्थ नक्सा बनाउन सस्तो होईन राम्रा
ईन्जिनियर,आर्किटेक्ट भएको ठाउँ मा बनाउन दिनुपर्छ ।
ठेकदार
छनोट अर्को मुख्य समस्या देखिन्छ । कसैले राम्रो, सस्तो दर को ठेकदार रैछ यो त भनेको
भर मा आफ्नो घर को जिम्मा लगाउनुहुन्छ भने तपाईं दुख पाउदै हुनुहुन्छ । ठेकदार छनोट
गर्दा कम्ती मा सो ठेकदार सग नक्सा समबन्धी कती ज्ञान छ त्यो आफै जाच गर्नुहोला ।नक्सा
दिएर यस्मा कती कती फीट मा के के छ भन भन्नु होला र हेर्नुहोला । तेस्पछी उस्को काम्दार
कस्ता छन्,का का काम गर्दै छन र कस्तो गर्दै छन एक पल्ट अवस्य बुझ्नुहोला । यस्को लागी
तपाईंले आफ्नो नक्सा बनाउने प्रबिधिक को सहयोग लिन सक्नुहुन्छ ।तेस्पछी ठेकदार सग रहेको
मेसिनरी , फर्मा आधी को मुल्यान्कन्,उस्को आर्थीक अवस्था सबै हेरेर मात्र छनोट गर्नुहोला
। २०,३० हजार को कमिसन को लोभ मा तपाईं को आफ्नै आफ्न्त ले पनि तपाईंलाई नराम्रो ठेकदार
रिफर गरी रहेको हुन सक्छन । हामी सग यस्ता थुप्रै अनुभव हरु छन ।
अब कुरा गरौ निर्माण को । लोकल ठेक्दार प्रयोग गरी
घर बनाउदै हुन्हुन्छ भने सम्झिनुहोस कि तपाईं आफै निर्माण स्थल मा जुन कुनै समय रहन
जरुरी छ । सिमेन्ट मिसाउने बेला देखि,सफा गिट्टी बालुवा प्रयोग गर्ने देखि,दन्ढी मोढ्ने,इट्टा
जोढ्ने र मुख्यत पानी हाल्ने कुरा हरु सबै तपाईंले राम्रो सग हेर्नु पर्ने हुन्छ ।
तेसो गर्नु भयो भने तपाईंको घर को लगानी सुरक्षित हुन्छ । मानौ कि तपाईं को पनि हरेक
दिन डिउटी काम सुरु भएदेखी अन्तिम सम्म हुनुपर्छ । यस्को मात्र यौटै समाधान भनेको
Home construction company हरुनै हो । जो यस्ता
समस्या हरु सग जानकार छन र समाधान गर्न सक्छन ।
घर को फिनिशिङ गर्दा मानिस हरु अझ सम्स्या मा पर्छन
। पहिलो त कुन समान को मुल्य कती र तेस्को गुनस्थर के भन्ने कुरा छुट्टाउन साधारन मानिस
लाई निकै गाह्रो हुन्छ ।अर्को कुरा के सामान मा खर्च गर्ने र के मा जोगाउने भन्ने कुरा
मा पनि मानिस दुबिधा मा हुन्छन ।जस्तै मानिस सेरामिक को माटो को कमोड को लागी हज्जारौ
रुपैयाँ खर्छ गर्न तयार हुन्छन तर सधै प्रयोग हुने झ्याल को कब्जा मा भने सस्तो खोजिरहेका
हुन्छन । यो निकै गलत कुरा हो । सधै प्रयोग हुने डोर लक्, कब्जा ,फ्लस जस्ता सामान
मा निर्धक्क खर्च गर्नुहोस । महङा प्रचार गर्ने सामान भन्दा कुन सामान के बाट बनेको
छ तेस्को राम्रो सग फाइदा बेफाइदा बुझ्नुहोस । यसो गरेमा तपाईंले आफ्नो लगानी को सही प्रतिफल पाउन सक्नुहुन्छ ।
यदी
तपाईं सग फुर्सद छैन र आफै घर बनाउने सोच मा हुनुहुन्छ भने एक पल्ट हामी सगा
councelling लिन आउन सक्नुहुन्छ । इन्जिनियर को समुह लाई घर बनाउन दिनुभयो भने तपाईं
नक्सा,पास को झमेला,निर्माण सामग्री को खरिद्,ठेक्दार को सम्स्या सबै चिज बाट जोगिन
सक्नुहुन्छ र आफ्नो अनुकुलतामा मा आफुले खोजेको
जस्तो घर त्यो पनि आफै बनाउन भन्दा थोरै लागत मा बनाउन सक्नुहुन्छ ।हाम्रो कम्पनी को
मुल आसय पनि यही हो ।
यो
आर्टिकल हाम्रा होम रिसर्च डिपार्ट का प्र्मुख ईन्जिनियर बिकास पौडेल र सुशिल कुमार कार्की ले तयार गर्नु भएको हो ।
उहाहरु
बिगत दुइ बर्ष देखी सपनाको घर मा कार्यरत हुनुहुन्छ ।
केहि
प्रतिकृया हरु भएमा info@sapanakoghar.com
मा E-Mail गर्न सक्नुहुनेछ ।