यो लेख मा हामिले साधारन तरिकाले इट्टा,गिट्टी र बालुवा कसरी छ्नोट गर्ने बारे सटिक बुदा हरु दिने कोसिस गरेका छौ ।
इट्टा
१) राम्रो सग पाकेको कुनै पनि इट्टा लाई फलाम जस्तै गाडी को चापि,काटी ले हिर्काउद ट्याङ ट्याङ मेटालिक आवाज आउनु पर्छ ।
२) कुनै पनि इट्टा १ मिटर माथी बाट भुइ जमिन मा खसाल्दा फुट्नु हुँदैन ।
३) इट्टा भिजाउदा इट्टा ले आफ्नो तौल को कम्ती मा २०% पानी सोस्न सक्ने हुनुपर्छ ।
४) इट्टा को आकार र रङ एकनास को हुनु पर्छ ।
गिट्टी
१) बलियो गिट्टी को रङ कालो,निलो हुनु पर्छ । सेतो गिट्टी निर्माण को लागी उचित हुँदैन ।
२) गिट्टी को आकार गोलाकार्,एक नास को हुनु हुँदैन ।सके सम्म कुटेको गिट्टी प्रयोग गर्नु पर्छ ।
३) माटो लागेको गिट्टी प्रयोग गर्नु हुँदैन । आवसेक्ता अनुसार पखालेर प्रयोग गर्नु पर्छ ।
४) घर निर्माण मा २०-३० डाउन गिट्टी प्रयोग गर्न सकिन्छ । यो भनेको २,३ centimeter को जाली बाट चाल्दा छिर्ने गिट्टी भनेर बुझ्नु पर्छ ।
बालुवा
१) बालुवा मा माटो को मात्रा हुनु हुँदैन ।एउटा पानी को बोतल मा बालुवा हालेर घोल्दा माटो धमिलो रङ देखियो भने त्यो बालुवा उचित हुँदैन ।
२) ढलान को बालुवा मोटो,खस्रो खाल को हुनु पर्छ ।
३) वाल जोडाइ को लागी प्रयोग हुने बालुवा दाना दार भएको हुनु पर्छ र २ न । को जाली बाट छानेर प्रयोग गर्नु पर्छ ।
४) प्लास्टर को लागी मसिनो खोला को बालुवा प्रयोग गर्नु उचित हुन्छ । एस्को लागी प्लस्टिक ड्रम मा पानी भोरेर १ न जाली प्रयोग गरी छान्नु भयो भने भविस्य मा ९०% क्रायक बाट जोगाउछ ।
मसला concrete बनाउदा ख्याल गर्नु पर्ने कुरा हरु!!
May 28, 2021
ढलान गर्दा Danfe concretes नै किन रोज्ने ? ?
May 28, 2021
Ready to move in Homes को अवधारणा के हो ? ?
May 28, 2021
नक्सा पास प्रक्रिया : (बिस्तृत जानकारी )
Jun 01, 2021
Comment