Instagram Linkedin Youtube

Latest News

घर बाट पानी रसाएर (ओस पसेर) कत्तिको दु:ख पाउनु भएको छ ? ?

झट्ट सुन्दा र भन्न अफ्ट्यारो लागे पनि तितो यथार्थ के छ भने काठमान्डौ को ९०% घरहरु मा seepage को समस्या छ । आज यो लेख मा हामी यो समस्या लाई आउन नदिन र आइसकेको छ भने कसरी कम क्षती मा कसरी समाधान गर्ने भन्ने बारेमा जानकारी दिने कोसिस गर्नेछौ ।

१)पाइप सिल: मुख्यत प्लम्बिङ को काम गरी सकेपछी ढलान फुटाएको ठाउँ मा आउने सीपेज रोक्न को लागी पाइप सिल गर्नु पर्ने हुन्छ । ढलान फुटालेर प्लम्बिङ गर्ने पुरानो तरिका अप्नाऔदा  पाइप को जोइन्ट बाट सीपेज हुने गर्छ ।एस्को लागी Technician हरुले Micro Concrete coat,पानी नछिर्ने water membrane sheet water proofing agent  प्रयोग गर्ने गर्छन । एस्को समाधान को लागी पहिलेनै आफ्नो डिजाइनर सग sanitary Drawings  मागेर डिजाइन अनुसार को ठाउँ हरु मा ढलान अगिनै पाइप फिट गर्नु होस अथवा सम्भव नभए फुटालेर टाल्ने बेला मा पाइप सिल प्रयोग गर्नुहोस ।

२) डोर सिलछत को गोलो भर्याङ र छत को जोइन्ट्,बाथरूम  कौशी को ढोका को तल बाट हुने सीपेज रोक्न को डोर सिल प्रयोग गरिन्छ । एस्को लागी Technician हरुले पानी नछिर्ने water membrane sheet water proofing agent  प्रयोग गर्ने गर्छन । टाइल लगाएको ठाउँ मा रहेको सबै ढोका मा नबिर्सिकिन डोर सिल प्रयोग गर्नुहोला ।

३) टाइल लाग्ने ठाउँ मा गरिने Membrane sheet: टाइल ले घर लाई राम्रो देखाउने भएपनी सही तरिकाले प्रयोग नगर्दा यस्ले घर लाई नै ठुलो क्षती गर्ने गर्छ ।टाइल प्रयोग हुने ठाउँ को कुना भाग को ढलान र वाल मा L-shape आकार मा Membrane sheet अनिवर्य प्रयोग गर्नु पर्छ । बाल्कोन्री को बहिर पट्टी रङ उड्ने, जिरो साईड को वाल मा चिसो ओस आउने आदी समस्या को कारक तत्तो नै टाइल मुनी जमेर बसेको पानी हो त्यसैले यो सिट प्रयोग गर्नु होला ।

४) पानी ट्यान्की को लागी T1,T2 coat: पानी टयान्की को शेअर वाल ढलान पछी यो T1,T2 coat गरेर प्लास्टर पोनिङ गरेमा पानी रसाउने समस्या आउन दिदैन । यदी ढलान राम्रो सग भएको छैन अथवा Honey comb आएको छ भने grouting गरेर मात्र कोट प्रयोग गर्नु पर्छ ।

५) ढलान मा प्रयोग गरिने Liquid/powder water proof chemical: घर को ढलान गर्दा माथिल्लो अन्तिम ढलान को सबै मसला र तल को ढलान मा कम्ती मा बाथरूम बस्ने भाग मा मसला बनाउदा Liquid/powder water proof chemical प्रयोग गर्नु होला । यस्को लागी जस्तै Dr. Fix it, Berger Home Shield , krypton Crystalline powder आदी chemical हरु सजिलै नजिक को बजार मा पाउन सकिन्छ । यसो गर्दा घर को ढलान मा ओस आउने सम्भावना हुँदैन ।

माथी उल्लेखित ५ वटा कुरा हरुमा ध्यान पुराउनु भयो भने तपाईंको घर ९८% सिपेज बाट जोगिन्छ । यो सबै काम को लागी water proofing consultant/enterprise  हरु सग सेवा  लिन सक्नु हुन्छ । यो सबै कार्य गर्दा एउटा सानो २/३ तल्ला को घर को लागी ६० देखी ९० हजार खर्च हुने गर्दछ । तर यही कुरा बेवास्ता गर्दा पछी ठुलो क्षेती को सामना गर्नु पर्छ ।त्यसैले समय मा नै प्राबिधिक को सल्लाह लियर भोली आइ पर्ने समस्या को समाधान गर्नु होला ।

थप जानकारी को लागी हाम्रो Water Proofing Consultant (श्री सुजन पाठक, GurasEnterprises,9851249401)  मा सिधै सम्पर्क पनि गर्न सक्नु हुनेछ ।फेरि पनी यस्तै समस्या/समाधान मुलक लेख का साथ फेरी आउने छौ । यो जानकारी मुलक लेख को लागी Er.Anand Shrestha  जि लाई आभारी ब्यक्त गर्दछौ ।

धन्यबाद । ।

-सपनाकोघर, सातदोबाटो, केन्द्रीय कार्यालय

 

Comment