घर बनाउनलाई जग्गा हेर्दै हुनुहुन्छ भने बिचार गर्नै पर्ने केहि बिषयहरु
१५ जेठ २०७८ , शनिवार –
जग्गा हेर्दै हुनुहुन्छ ?? अधिकांश सेवाग्राहीको मनमा खड़किरहने एउटै र पहिलो प्रश्न नै आफुलाई सुहाँउदो घर बनाउनलाई कस्तो जग्गा किन्दा वा लिंदा उत्तम हुन्छ भनेरै नै हो । आखिर नहोस पनि किन र , अधिकांश को सपना हुन्छ , रहर हुन्छ आफ्नो एउटा बासस्थानको कल्पना गरेको हुन्छ र लामो समयको दुख , परिश्रम र संचयको प्रतिफलको स्वरूप घर बनाउनलाई जग्गा हेरिरहेको समयमा केहि महत्त्वोपूर्ण कुरा बिचार गर्ने हो भन्ने मनको दुबिधलाई भनी पक्कै मेटाउन सकिन्छ । भौगोलिक बिबिदाता ले भरिएको देशमा हिमाल , पहाड र तराइमा फरक किसिमका विविद्ता देख्न पाइन्छ ।
जग्गा किन्दाको समयमा लगानी त प्रमुख कारण भै नै हाल्यो तर एकमात्र कारण भनी पक्कै हैन । त्यस बाहेक जग्गा रहेको ठाउं बाट आवस्यक अन्य ब्यबस्ता जस्तै अस्पताल ,ब्यापारिक केन्द्र , बिदयालायाको पहुच ,ढल , पानि र फोहोर ब्यबस्थापनको को निकास , माटोको प्रकार जस्ता चिजहरुलाई नि ध्यानमा राख्नु पर्ने हुदछ ।
जग्गा बाटोको तह बाट केहि उचाइमा हुदा ढल र पानि को ब्यबस्ता , पानीको निकासा को सजिलो हुन्छ । जग्गा बाटोको तह बाट होचो जग्गामा भने निर्माणको बेलामा underground तल्लाको निर्माण वा प्लिन्थ्को उचाइ धेरै चाहिने र निर्माण खर्चिलो पनि हुन सक्छ ।
भनिन्छ नि रुमाल पाटे जग्गा भनेर , येत्तिकै यो कुरा भनिएको हैन , जग्गा लिदा सकेसम्म आकारमा पनि चटक्क मिलेको , चुच्चा चुच्चि नभएको र नापी नक्सा अनुसार मिल्दो जुल्दो हेर्नु पर्दछ , यो बिषयमा ध्यान नदिदा नक्सा बनाउन आउदा नक्सा बनाउने प्राविधिक ले धेरै जग्गा छोडिएको जस्तो देखिने गर्दछ । हुन पनि सुनको दाम झैँ किनेको जग्गा खाली एत्तिकै त कसलाइ छोड्न मन लाग्छ तर पनि नियम त पालना गर्नै पर्ने हुन्छ । अखिर जग्गाको कुल क्षेत्रफल मध्य घर बनाउनको लागि कत्ति जग्गा प्रयोग गर्न सकिन्छ त?
जग्गामा पहुँच को सडक कतिको चौडाई को छ , सकेसम्म २० फिट र त्यो भन्दा माथि को बाटोको चौडाईलै राम्रो मान्न सकिन्छ , अधिकांस नगरपालिकाहरुमा भने नया जग्गा प्लान्निन्ग्का लागि न्युनतम ६ मि (२० फिट) को बाटो हुनुपर्ने भन्ने प्राबधान छ भने , घर बनाउनलाई पनि प्रस्तावित सडक ४ मि ( १३ फिट) भन्दा कम भएमा नक्सा पास नहुने नियम छ । मुल सडक बाट जग्गा सम्म को बाटोको दुरी ,
जग्गा रहेको क्षेत्रको बर्गिकरण , पालिका र केन्द्रबाट निर्दारित GLD ( Guided Land Development ) को अनुरुप प्रस्तावित सडक को लागि चाहिने दूरी R .O . W (RightOfWay ) छोदुनुपर्नी हुन्छ जुन कुरा सम्भंदित वडा वा पालिका स्थर बाट सूचना लिन सकिन्छ । झ्याल ढोका राख्नलाई नुनातम १.५२ मि ( ५ फिट) छोड्नुपर्ने हुन्छा , त्यसबाहेक अन्य प्राभिधिक पाटोमा आवासीय भवनको लागि जग्गाको अधिकतम ७०% , ब्यबापरिक प्रयोजनको भावनाका लागि ६०% , र अन्य प्रयोजनको लागि निर्दारित प्रतिसत जग्गा मात्रै ओघटन सकिने हुन्छ , नहर, राजकुलो , सार्बजानिक जग्गा , खोला , hightensionline को मापदण्ड अनुसार जग्गा छोड्नुपर्ने हूदछ ।
यी सबै पाटो केलाएपछि , लिनु भन्दा अघि उक्त जग्गा भित्र बाट चल्दै आएको बाटो , ढल नीकासी बन्द गर्न नमिल्ने हुँदा यी चिजलाई मध्यनजर गर्नु हुन्न , सधियार हरु संग केहि बिबाद छ भए कारण र समाधानको एकिन गरि हात हाल्दा राम्रो । ट्रेश नक्सा – blueprint संग मेल खानी जग्गा भए कानुनी बिबत बाट टाडा बस्न सकिन्छ ।
अन्तत सबै पाटोहरुलाई मध्यनजर गरेर जग्गा लिएमा वा जग्गा खरिद को टुंगो लगाउदै हुनुहुन्छ भने एकपटक घर जग्गा सम्बन्धित बिज्ञा र प्राबिधिकको राय र सल्लाह लिंदा अनावस्यक झै-झमेलाबाट टाडा भने पक्कै पनि रहन सकिन्छ ।






Comment