Why IPP? (Investment Partner Program)

एकता र सहकार्यबाट नेपालको रियल स्टेटमा नयाँ प्रयोग

नेपालको रियल स्टेट बजारमा अहिले जति सम्भावना छ, त्यति नै चुनौतीहरू पनि छन्। कोहीसँग जग्गा छ, तर घर बनाउनको लागि पूँजी छैन। कोहीसँग पूँजी छ, तर जग्गा छैन। अर्कोतर्फ, कोहीसँग बैंकबाट सजिलै ऋण ल्याउन सक्ने मजबुत प्रोफाइल छ, तर परियोजना छैन।

यदि हामी सबै मिलेर एउटै उद्देश्यमा जुट्यौं भने — अर्थात् एउटा समान सोच भएको समुह बनाएर अघि बढ्यौं भने — हामी असाध्यै ठूलो परिवर्तन ल्याउन सक्छौं। यही हो सपनाको घर को सोच: जहाँ सपनाहरू एकसाथ बाँडिन्छन्, र सामूहिक प्रयासबाट तिनलाई यथार्थमा बदलिन्छ।

किन साझा लगानी?

  • स्रोतहरूको आदानप्रदान: सबैको स्रोत एउटै ठाउँमा ल्याएर परियोजना सहज बनाउने।
  • जोखिम न्यूनीकरण: एक्लै लगानी गर्दा हुने जोखिमलाई समूहमा मिलेर बाँड्ने।
  • बैंक ऋणको पहुँच: समूहमा कोहीसँग राम्रो क्रेडिट हिस्ट्री छ भने, ऋण सजिलै पाउन सक्छौं।
  • द्रुत विकास: सहकार्यले गर्दा समय, पैसा, र श्रम सबैको सदुपयोग हुन्छ।

हामी के गर्न खोज्दैछौं?

Sapanakoghar.com मार्फत हामी एक Investment Partner Program सुरु गर्दैछौं, जहाँ हामी समान सोच भएका लगानीकर्ताहरू, घर बनाउने इच्छुक व्यक्ति, जग्गाधनीहरू र प्रोजेक्ट ह्यान्डल गर्न सक्ने क्षमता भएका व्यक्तिहरूलाई एउटै प्लेटफर्ममा ल्याउनेछौं।

हाम्रो विश्वास

जब समान सोच भएका मानिसहरू एकत्रित हुन्छन्, तब मात्र साँचो विकास सम्भव हुन्छ। हामी नेपालको रियल स्टेटमा यस्तो “Community Model” निर्माण गर्न चाहन्छौं, जसले व्यक्तिगत लाभ मात्र होइन, समग्र समाजको समृद्धिमा टेवा पुर्‍याओस्।


अब तपाईंको पालो — के तपाईं हाम्रो यो यात्रामा सहभागी हुनुहुन्छ?
👉 [Join Us Now]

Enquiry Us

Send us a message for more detail