घर बाट पानी रसाएर (ओस पसेर) कत्तिको दु:ख पाउनु भएको छ ? ? काठमान्डौंका ९०% घरमा सिपेजको समस्या: समाधान के हो?

काठमान्डौंका ९०% घरमा सिपेजको समस्या: समाधान के हो?

— सपनाकोघर, सातदोबाटो


झट्ट सुन्दा अचम्म लागे पनि, यो एक तितो यथार्थ हो — काठमान्डौंका झन्डै ९०% घरहरूमा सिपेज (seepage) को समस्या देखिन्छ। यो समस्या सुरुमा सानो लाग्न सक्छ, तर समयमै समाधान नगरे सिङ्गो घरको संरचना र सौन्दर्यमा गम्भीर असर पुर्‍याउन सक्छ।

आजको यो लेखमा हामी सिपेज आउन नदिन अपनाउनुपर्ने उपायहरू, र यदि समस्या आइसकेको छ भने कम क्षतिमा समाधान गर्ने तरिकाहरू प्रस्तुत गर्दैछौं।


१. पाइप सिल गर्नुहोस् (Pipe Sealing)

प्लम्बिङको काम सकेपछि पाइप राख्नका लागि ढलान फुटाउने पुरानो तरिका अझै पनि प्रचलनमा छ। तर, यही प्रक्रियाबाट सिपेज सुरु हुने गर्छ।
समाधान:

  • पाइप फिटिङअघि नै Sanitary Drawing अनुसार पाइप राख्नुहोस्।
  • ढलान फुटाउनु परेमा Pipe Seal, Micro Concrete Coat, Water Membrane Sheet, र Waterproofing Agent प्रयोग गर्नुहोस्।

२. डोर सिल राख्नुहोस् (Door Sealing)

बाथरूम र कौसीको ढोका तलबाट छत वा पर्खालमा सिपेज पस्ने सम्भावना उच्च हुन्छ।
समाधान:

  • सबै ढोकामा Water Membrane SheetWaterproofing Agent सहितको Door Seal अनिवार्य प्रयोग गर्नुहोस्, विशेषगरी टाइल भएको क्षेत्रमा।

३. टाइल मुनि Membrane Sheet प्रयोग गर्नुहोस्

टाइलले घरलाई आकर्षक देखाउँछ, तर गलत तरिकाले लगाउँदा टाइल मुनिको पानीले भित्तामा ओस र चिसो ल्याउँछ।
समाधान:

  • टाइल लगाउने स्थानमा, विशेष गरी कुनाहरूमा L-Shape Membrane Sheet प्रयोग गर्नुहोस्।
  • बाल्कोनी र जिरो साइडवालको बाहिरी भागमा यो विशेष रूपमा आवश्यक हुन्छ।

४. पानी ट्यांकीमा T1, T2 कोट प्रयोग गर्नुहोस्

पानी ट्यांकीमा सिपेज हुन नदिन, ढलानपछि उपयुक्त कोटिङ गर्नु अनिवार्य हुन्छ।
समाधान:

  • ट्यांकीको सिल्लवाल ढलानपछि T1 र T2 Coat गरेर मात्रै प्लास्टर गर्नुहोस्।
  • यदि ढलान बिग्रिएको छ वा Honeycomb Effect देखिएको छ भने पहिले Grouting गरेर मात्र कोट प्रयोग गर्नुहोस्।

५. ढलानमा Waterproofing Chemical प्रयोग गर्नुहोस्

घरको छानो वा बाथरूमको ढलान बनाउँदा Waterproofing अत्यन्त आवश्यक छ।
समाधान:

  • मसला बनाउँदा Dr. Fixit, Berger Home Shield, Krypton Crystalline Powder जस्ता Liquid वा Powder Waterproofing Chemicals प्रयोग गर्नुहोस्।

समाप्तिमा: ९८% समस्या समाधान हुन्छ!

यी पाँच कुरामा ध्यान दिएर काम गर्दा तपाईंको घर ९८% सिपेज समस्याबाट सुरक्षित रहन सक्छ
सस्तो देखिने यस्ता साना उपाय बेवास्ता गर्दा पछि ठूलो आर्थिक र संरचनात्मक क्षति बेहोर्नुपर्छ।
सुझाव: यस्ता कामका लागि सधैं अनुभवी Waterproofing Consultant वा Enterprise को सल्लाह लिनुहोस्।

💰 सामान्यतया यस्तो समाधानका लागि Rs. 60,000 – 1,00,000 /- को लगानी पर्याप्त हुन्छ, जुन भविष्यमै लाखौं बचाउने उपाय पनि हो।


यो लेखका लागि विशेष धन्यवाद: Er. Anand Shrestha
सपनाकोघर, सातदोबाटो