नक्सा पास प्रक्रिया : (बिस्तृत जानकारी )
घर बनाउनलाई स्वीकृति कहाँ र कसले प्रधान गर्छ , कसरि निबेदन हाल्ने र प्रक्रिया के के हुन्छन त ? कत्तिको झन्झटिलो र समय लिन्छ पुरै प्रक्रियाले ?

नेपाल एक एस्तो देश जहाँ सरकारी काम काज भन्ने कुरा सुन्ने बित्तिकै धेरैको कन्पारो तात्ने गर्दछ । कैयॊ सरकारी कर्मचारी को गैर जिम्मेवारी परिपाटी , ,नाता बाद र कृपा बाद को घिन लाग्दो खेल , सेवा ग्राही लाइ प्रस्ट सूचना र जानकारी उपलब्द नगराउनु र अन्य चिजहरुले गर्दा सर्बसाधारण ले सास्थी खेप्नुपरेको देखिदछ । यधपी परिपाटी जस्तो नै भएपनि , आधिकारिक निकाय बाट भवनको लागि अपरिहार्य “इजाजत पत्र ” नालिय्किना घर बनाउन भनी सुरु गर्न सकिदैन ।
नेपालको संबिधान – २०७२ लागु भएपछि , हाल देशलाई प्रसासकिय रूपमा ७- प्रदेश , ७७-जिल्ला , ६- महानगरपालिका , ११ – उप-महानगरपालिका , २७६ -नगरपालिका , ४६०-गाउँपालिका मा बिभाजन गरिएको छ , र उक्त ब्यबस्ता अनुसार हाल नक्सा पास र भवन निर्माण इजाजत सम्बन्धि सम्पूर्ण प्रक्रिया “पालिका र वार्ड” स्थर बाट गर्नु पर्ने हुन्छ । यस प्राबधान भन्दा अगी गाबिसा बाट अनुमति लिने चली आएको थियो । सोहि बर्ष को बैसाख मा गएको विनासकारी भूकम्प को प्रभावले गर्दा प्रचलित भवन मापदण्डमा संसोधन र नियमन मा पनि कडाइ हुदा प्रक्रिया पनि अलिक लम्बिएको छ ।
पाठक बर्गहरुको सजिलोको लागि निम्न भागमा नक्सा पास प्रक्रियालाई बाडीएको छ :
(क) नक्शा बनाउने र कागजात संकलन
सबैभन्दा पहिलो कुरो भनेको नक्सा बनाउने प्राबिधिक वा फर्म को मा :नक्सा बनाउनको लागि परामर्श गर्नु पर्दछ । आफुलाई सुहाउदो स्वोरुप र घरको नक्सा हरु सम्पादन भएपछि पालिका स्थरमा नक्सा पास प्रक्रियाको लागि निम्न सुची अनुसारको कागज पत्र हरु आव्श्यक हुन्छ :
१. जग्गा धनी दर्ता प्रमाण पूर्जा लालपूर्जाको प्रतिलिपि
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद वा तमसुकको प्रतिलिपि
४.कित्ता नं. समेत प्रष्ट भएको नापी नक्साको सक्कल
५.पास गरिने नक्साको फोटोकपी (निवेदक तथा डिजाइनरको सही छाप, हस्ताक्षर समेत हुनुपर्ने)
६) डिजाइनर इजाजत पत्रको प्रतिलिपि/नेपाल इन्जिनियर परिषद्को प्रमाण पत्र (सरोकारवालाले प्रमाणित गरेको र नवीकरण समेत भएको)
७) पासपोर्ट साइजको फोटो
८) मन्जुरी लिई बनाउने भएमा, (पूरैजग्गा मन्जुरीनामा)
क) जग्गाधनीले मन्जुरी दिएको मन्जुरीनामा सक्कल
(वार्ड कार्यलय रोहवरमा सनाखत हुनु पर्नेछ)
ख) मन्जुरी दिने व्यक्तिको नागरिकता प्रतिलिपि
९) वारिस भएमा वारिसको नागरिकताको प्रतिलिपिएक
१०) समूह क र ख वर्गका सबै र ग वर्गका सिमाना टाँसिएको भवनहरुको स्ट्रक्चरल विश्लेषण (Structural Analysis –1 Copy) सहित स्ट्रक्चरल डिजाइन
११) स्ट्रक्चरल नक्सा
१२) नापी नक्सामा नदेखिएका तर फिल्डमा देखिने बाटोहरुको सम्बन्धमा सम्बन्धित वडाबाट दिशा र चौडाई समेत खुलाइएको “बाटोको सिफारिश पत्र ” पेश गर्नु पर्नेछ ।
(ख) नक्शा दरखास्था फारम र दर्ता प्रक्रिया
उल्लेखित कागजातहरु हाली नगरपालिकामा फाइल पेश गर्नु पर्छ । प्रायजसो महानगरपालिका र नगरपालिकाको हकमा eBPS – प्रणाली अन्तर्गत प्रक्रिया सुरु गर्नु पर्ने हुन्छ भने अन्यको हकमा नक्शा डिजाइनरले प्राभिधिक विवरण सहित भरिएको नगरपालिकाको फारम को सक्कल र कागजातहरु मात्रै पेश गर्नु पर्ने हुन्छ । eBPS – प्रणालीमा सम्बंदित न.पा को website गइ सुचिकृत डिजाइनरले online file बनाएर सबै कागजात हरुको सकल सहित तेस्मा upload गरेर forward भएपछि मात्र प्रक्रिया बढ्छ ।
यसरि फाइल खडा भएपछि पहिले सबै कागजातहरु नगरपालिकाको कर्मचारी बाट चेक जांच गरि ठिक भएमा प्रबिदिक साखा मा पठाई आर्किटेक्ट र इन्जिनिएर द्वारा नक्सा (Architectural & Structural drawings) को पूर्ण रुपमा जाच हुन्छ । नेपाल सरकार को भवन मापदण्ड र नगरपलिकाको अन्य प्रचलित नियम र माप्दंदहरु नियम अनुसार नक्सा ठिक भएमा थप प्रक्रियाको लागि आधिकारिक सहि र आदेश को साथ् अघि बढ्छ । नक्शा मा केहि समस्या भएमा प्रतिक्रिया सहित फाइल Designer लाई फेरी सच्याउन को लागि फर्काइन्छ ।
नक्सापास प्रक्रयामा फाईल दर्ता गरी दुई वर्ष सम्म सम्पर्कमा नआई सो पश्चात आएमा पुनः नक्साकर दस्तुर तिर्न लगाई नयाँ मापदण्ड अनुसार नक्सा पास प्रक्रिया अगाडि बढाइने छ ।
ग ) संधियारको नाममा सूचना जारी र सर्जमिन
पेश गरिएको कागजात र नक्सा ठिक भएर दर्ता भैसकेपछि , आफ्नो जग्गा रहेको सम्बंदित वार्ड कार्यालयम गएर फाइल पेश गरेपछि तपाइको प्रस्ताबित जग्गाको सधियारहरुको को नाममा १५ दिनको म्याद सहित को सूचना वार्द्ले जारी गर्छ र सम्बंदित कित्ता धनि ले सूचना पत्र बुजिलिनु पर्दछ । उक्त सूचना प्रकाशित भएको मितिबाट १५ दिन सम्म केहि उजु बाजुर भए छिमेकिली गर्नु पर्ने हुन्छ । जग्गामा केहि बिबाद नभएको र उजुरी नपरेमा म्याद कटीसकेपछि , वार्डको प्रबिदिक ले गएर जग्गा हेर्ने र पेश नक्शा र विवरण अनुसार जग्गाको बास्तबिकता ठिक भए नभएको एकिन गरि छिमेकि र साक्षीको सहि छाप सहित , अस्थाई नक्सा पास प्रमाण पत्र को लागि प्रतिबेदन सहित सिफारिस हुने गर्छ । तत्पश्चात फाईल फेरी नगरपालिका लिएर जान तयार हुन्छ । सर्जमिनको अवस्थामा आफ्नो सिमाना खाली जग्गा भएमा साँध प्रष्ट गरी २”x२” को काठको किला जमिनभन्दा माथि १’ ०” सम्म देखिने गरी गाडिएको हुनु पर्नेछ ।
(घ) भवनको कर भुक्तानी र अस्थाई प्रमाण पत्र
सर्जमिन सहित फर्किएको फाइल हेरी सम्बंदित नगरपालिका को नियम अनुसार भवनको कुल फ्लूर एरिया को आधारमा कर तिर्नु पर्ने हुन्छ। हरेक नगरपालिकाले आफ्नो नियम बमोजिम प्रति ब . फुट को दर कायम गरेको हुन्छ र सोहि दर बमोजिम प्रस्तावित भवनको कर तिर्नु पर्ने प्राबधान रहेको छ । जस्तै काठमाडौँ मा.न.पा मा आवासीय भवनको लागि प्रति ब . फि को रु. २५ , ललितपुर मा.न.पा प्रति ब .फि को रु. १२ , महालक्ष्मी न. पा प्रति ब .फि को रु. ८ र माथि । तर काठमाडौँ र ललितपुर म. न. पा मा भने वार्ड कार्यालयमा सूचना टास हुनु अगावै कर तिर्ने नियम छ ।
सर्जमिन र कर भुक्तानी भैसकेपछि केहि दिनमा आधिकारिक अस्थाई प्रमाण पत्र पाउन सकिन्छ र मात्रै निर्माण कार्य सुरु गर्न सकिने हुन्छ। प्लीन्थ लेवल सम्म (DPC) अस्थाई नक्सापास अवधि १ वर्ष सम्म रहने छ । १ वर्ष भित्र निर्माण शुरु नभएमा ६ महिना म्याद थप गर्न सकिनेछ । सो भित्र पनि निर्माण कार्य शुरु नभएमा पुनः नक्सापास दस्तुर बुझाई नियम अनुसार नयाँ अस्थायी स्वीकत लिई मात्र निर्माण कार्य गर्नु पर्नेछ ।
( ङ ) स्थाई प्रमाण पत्र ( भवन निर्माण इजाजत प्रमाण पत्र )
भवनको निर्माण कार्य प्रमाणित नक्सा बमोजिम सुरु गरेर Dpc (plinthlevel ) सम्म निर्माण कार्य भैसकेपछि फेरी वार्डमा निबेदन दिएर वार्डको प्रबिदिक लाई field चेक जाच गराउनु पर्ने हुन्छ । पास नक्शा भन्दा फेरबदल गरी निर्माण कार्य चालु राख्न परेमा फेरबदल गर्न खोजे अनुसारको संशोधित नक्सा तयार गरी स्वीकृतिको लागि पेश गर्नु पर्नेछ र स्वीकृत भए अनुसार मात्र निर्माण कार्य गर्नु पर्नेछ । प्राबिधिक प्रतिबेधन सहित सिफारिस भैसकेपछि मात्र नगरपालिकामा पुनास्चा फाइल भुजाई स्थाई प्रमाण पत्र लिन सकिन्छ । स्थायी नक्सा पास म्याद दुई वर्षसम्म हुनेछ र अन्तिम एक पटकको लागि मात्र नियमानुसार पहिले तिरेको नक्सा दस्तुरको ५ प्रतिशत दस्तुर बुझाई पुनः दुई वर्ष म्याद थप गरिने छ । म्याद थपको निवेदन म्याद भुक्तान हुनु अगावै दर्ता गरिसक्नु पर्नेछ । स्थाई प्रमाण पत्र पाइसकेपछि नक्सा बमोजिम सबै निर्माण कार्य पुरा गर्न सकिन्छ ।
( च ) निर्माण सम्पन्न प्रमाण पत्र
प्रमाणित नक्सा बमोजिम निर्माण कार्य निर्माण कार्य सम्पन्न भई सकेपछि निर्माण सम्पन्न प्रमाणपत्र लिन निवेदन दिनु पर्नेछ । धारा, बिजुली, टेलिफोन इत्यादि भौतिक सुविधाहरु उपभोग गर्न निर्माण सम्पन्न प्रमाण , पत्र लिन अनिवार्य गरिएको छ । नक्सा पास प्रक्रिया समाप्त भई सकेपछि निवेदक वा अधिकार प्राप्त वारेसलाई नक्सा एक/एक प्रति, पास पूर्जी एक प्रति दिइन्छ । म्याद भित्र निर्माणकार्य पूरा गरी निर्माण सम्पन्न प्रमाण पत्र समेत लिइसक्नु पर्नेछ । एसको प्रक्रिया पनि स्थाई प्रमाण पत्रको प्रक्रिया जस्तै नै हुन्छ ।
नोट: यी सबै दौडधूप र प्रक्रियाको लागि समय नभए “वारिस ” नियुक्ति गरि काम गर्न सकिन्छ
USEFUL LINKS:
- https://www.lsmcebps.gov.np/
- http://www.kmcebps.gov.np/
- https://madhyapurthimimun.gov.np/en
- https://www.changunarayanmun.gov.np/
- https://www.suryabinayakmun.gov.np/
- https://nagarjunmun.gov.np/en
- https://www.tokhamun.gov.np/en
- http://tarakeshwormunkathmandu.gov.np/en
- https://www.gokarneshwormun.gov.np/en
- https://kageshworimanoharamun.gov.np/en
Enquiry Us
Send us a message for more detail
Comment